करिब ३ बर्ष अगाडी म जतिबेला गाउँमा थिए । राजनीति के हो ? अहिले पनि मज्जाले बुझ्न सकेको छैन । त्यो बेला त राजनीतिबारे चासो लिनुपर्ने आवश्यकता पनि थिएन । निर्णयात्मक भुमिकामा दलितहरु पछि छन् है । अधिकारको लडाईमा बर्षौदेखि लडिरहेका छन् । जिल्लामै बसेर केही अनलाइन मिडियाहरूमा काम गरेपनि समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे बुझ्न सकेको थिएन् । समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे वुझन र कलम चलाउन वाध्य वनाएको छ । यही समयमा भोग्नु परेकोका थुप्रै अवसर, चुनौतीहरुको भोगाई वाट शिक्षा लिदै अवसरको नयाँ सम्भावनाको यात्रामा छु । समाचार लेखेकै र जनताको पक्षमा यथार्थ कुरा वोलेकै कारण राज्यद्धारा पनि दमनको सामना गर्नु पर्ने अनौठो अवस्था सम्म भोगीयो । अनलाइनहरूमा काम गर्दै गर्दा २०७५ पुस १९ गते समाचार लेखेकै कारणले बझाङबाट पक्राउ गरि १२ दिन सम्म काठमाडाैंकाे टेकु हिरासतमा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको स्मरण भइरहन्छ । त्यति बेला म २१ बर्षको थिए । त्यस्तो वेला पनि कतिपय अग्रज पत्रकार ठान्नेहरुबाट पनि सहयोग नपाईएको भोगाइ छ । त्यसैले पनि उत्पीडित वर्गका तर्फवाट मिडिय...